झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

न्युजलय ८ चैत २०८०, बिहिबार ०१:५३ मा प्रकाशित

झापा । झापामा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ।

भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको बिहीबार(आज) बिहान ५ बजेतिर हत्या गरिएको हो।

सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लोकबहादुर गएराति सनमको घरमा सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लोकबहादुरलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ ।