काठमाडौँ । मंगलबार पनि नेप्सेमा उच्च गिरावट आएको छ। २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको हो ।
समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भयो ।
मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य बढ्दा एउटाको स्थिर रह्यो ।