काठमाडौं । आइतबार(आज) नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
पछिल्लो समय निरन्तर घटिरहेको बैंकको शेयरमूल्य यस दिन बढ्न पुगेको छ । यस दिन यस अवधिमा बैंकको शेयरमूल्य उच्च दरले बढेको छ ।
यस अवधिमा निफ्राको शेयर १० प्रतिशतले बढेर प्रतिशेयरमूल्य ३७५ रुपैयाँ पुगेको छ । आज बैंकको शेयरमूल्य ३४ रुपैयाँले बढेर प्रतिशेयरमूल्य ३७५ रुपैयाँ पुगेको छ । आज बैंकको शेयरमा खरिदकर्ता धेरै देखिएपछि शेयरमूल्य बढेको हो ।