सुनसरी । एम्बुलेन्स दुरुपयोग गरी लागुऔषध गाँजा ओसारपसार गर्ने एक जनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।
त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ । एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाजा बरामद भएको थियो ।