दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना,३४ जना घाइते

न्युजलय ३१ असोज २०७८, आइतबार १०:२० मा प्रकाशित

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । 

बसको ब्रेक फेल भएर ६ किलो नजिकै बस दुर्घटना भएको बताइएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। 

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।