भारी हिमपातले रोकियो च्याम्पियन्स लिग अन्तर्गतको खेल

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०१:१८ मा प्रकाशित

काठमाडौं । भारी हिमपातका कारण च्याम्पियन्स लिग फुटबल अन्तर्गत एट्लान्टा र भिल्लारियलबीचको खेल रोकिएको छ ।


बुधबार राति समूह एफ अन्तर्गत एट्लान्टाको मैदानमा भिल्लारियलसँगको खेल तय भएको थियो। तर समूह चरणको अन्तिम खेल हुने एट्लान्टाको मैदान भारी हिमपातका कारण हिउँले ढाकिएपछि खेल बिहीबारका लागि सारिएको हो ।


खेल नेपाली समय अनुसार बिहीबार राति पौने १२ बजे हुनेछ । यो खेलको विजेता च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने छ । समूह एफ बाट म्यानचेस्टर युनाइटेडले ११ अंकसहित अघिल्लो चरणमा स्थान पक्का गरेको छ । भिल्लारियलको सात तथा एट्लान्टाको ६ अंक छ ।


यसैबीच समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा वुल्फ्स्बर्गलाई ३–१ ले पराजित गरेको लिले ११ अंकसहित समूह विजेता बनेको छ । सेभिल्लालाई १–० ले पराजित गरेको आरबी साल्ज्बर्ग १० अंकसहित समूह उपविजेताका रुपमा अघिल्लो चरण पुगेको छ ।