टेक्सासको बाढीमा परेर ११९ जनाको मृत्यु

न्युजलय २६ असार २०८२, बिहिबार ११:५७ मा प्रकाशित

काठमाडौँ ।  अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझै पनि कम्तिमा १६१ जना बेपत्ता छन । 

टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउन आदेश दिएका छन् ।