काठमाडौं । बुधबार(आज) सुनचाँदीको मुल्य बढेको छ।
मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।