बर्जु महोत्सव : खेसरीलाल नआउँदा तोडफोड, आएपछि पनि झडप

न्युजलय ४ माघ २०७९, बुधबार ०७:०८ मा प्रकाशित

इटहरी । चर्चित भोजपुरी गायक खेसरीलाल आएको कार्यक्रममा बुधबार झडप भएको छ । बर्जु गाउँपालिकामा आयोजना गरिएको बर्जु महोत्सवमा उनले प्रस्तुती दिने दिन भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन् । 

को गीत सुन्नका लागि महोत्सवको टिकट काटेका सुनसरीवासीहरु अघिल्लो वर्ष सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ ।

आयोजकले लिएको प्रवेश शुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ ।

भोजपुरी गीत गाएर चर्चामा रहेका खेसरीलाल अघिल्लो वर्षको महोत्सवमा पनि आउने भनिएको थियो । तर उनी नआएपछि दर्शकहरुले कार्यक्रममा तोडफोड गर्दा लाखौंको क्षती भएको थियो ।