इटहरी । झुम्का कारागारबाट फरार दुई जना कैदीबन्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोसाकको संयुक्त टोलीले ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरीलाई पक्राउ गरेको हो ।
उनीहरू राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ‘जेन–जी’ आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए।
दुवै जनालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।