विराटनगरमा पुस ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’

न्युजलय २३ मङ्सिर २०८२, सोमबार ०१:४६ मा प्रकाशित

विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य उद्देश्यसहित आगामी पुस ९ गतेदेखि १९ गतेसम्म यो एक्स्पो सञ्चालन हुनेछ । 

विराटनगरको शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालयसँगैको निजी जग्गामा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा जर्मन प्रविधिको ह्याङ्गर र अक्टानर्मसहित करिब २३० वटा स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानका उत्पादन समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । 

यस पटकको मेलामा वस्तु तथा सेवाको प्रदर्शनी मात्र नभई ज्ञान आदान–प्रदानलाई पनि प्राथमिकता दिइएको छ ।