इटहरीमा अण्डर १२ फुटबल प्रतियोगिता हुँदै

न्युजलय १९ मङ्सिर २०८२, बिहिबार ०६:४५ मा प्रकाशित

इटहरी । जुटविकास फुटबल क्लबको आयोजनामा इटहरीमा अण्डर १२ फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । 


मंसिर १९ गतेदेखि सुरु हुने प्रतियोगितामा सुनसरी, मोरंग, झापा र उदयपुरका फुटबल टिमबिच प्रतिष्पर्धा हुनेछ । पहिलो हुनेले ४१ हजार र दोस्रो हुनेले २१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक भोला कार्कीले जानकारी दिए । 


इटहरी उपमहानगरपालिका वडा नं. ९ को सहयोगमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष दीनानाथ गौतमले बताए । उनले यसअघिका दुई वटा संस्करण सफल भएको र यो संस्करणमा पनि वडा कार्यालयसँगै अन्य संस्थाहरुको सहयोग रहने विश्वास व्यक्त गरे ।