विश्वकप फुटबलमा आज पनि दुई खेल

न्युजलय १९ मङ्सिर २०७९, सोमबार ०१:२३ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबलमा आज सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन्।


कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। 


जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।


यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ।


ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह  ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।