विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् ।
बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको हो ।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला मार्बल बोकेको लहरी गाडी पल्टिएर किचेको हो । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो ।