घट्यो सुनको मूल्य

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०५:३१ मा प्रकाशित

काठमाडौं । मंगलबार (आज)  सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जानकारी दिएको छ । 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । 

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ ।