नवजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ

न्युजलय १४ असार २०८१, शुक्रबार ०१:०१ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ की २६ वर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनालसहित खाल्डोमा पुरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको र हत्यामा संलग्न आमा रत्नमायालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।