खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोग स्वरुप एक लाख ७६ हजार प्रदान गरिएको छ।
यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो।
पीडितलाई क्षतिको मूल्यांकन गरेर १२ देखि ४५ हजारसम्म प्रदान गरिएको बताइएको छ ।
आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई रु ४५ हजार उपलब्ध गराइएको छ। संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो।
आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ।