उदयपुर । उदयपुरमा प्रदेश १ स्तरीय सामुदायिक तथा सार्वजनिक पुस्तकालय सम्मेलन सुरु भएको छ । बुधवार प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सम्मेलन उद्घाटन गरेका हुन् ।
संगम सामुदायिक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनमा प्रदेश १ का सबै पालिकाहरुमा पुस्तकालय स्थापना गर्ने र पठन सस्कृतिको विकास गर्ने लक्ष्य राखिएको छ ।
दुई दिनसम्म संचालन हुने सम्मेलनमा प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, संखुवासभा, खोटाङ, उदयपुरका प्रतिनिधिहरुको सहभागीता रहेको संगम सामुदायिक पुस्तकालयका उपाध्यक्ष टंकप्रसाद गुरागाईले जानकारी दिए।