अमेरिकाको विद्यालयमा किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जनाको मृत्यु

न्युजलय ३० असोज २०८३, शुक्रबार ०१:४० मा प्रकाशित

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरमा रहेको एउटा प्राथमिक विद्यालयमा १६ वर्षीय एक किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन बालबालिका र एक शिक्षकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो ‘सिल्भर रेल एलिमेन्ट्री स्कूल’मा भएको घटनामा ५, ८ र ११ वर्षका तीन जना बालबालिका तथा एक शिक्षिकाले ज्यान गुमाएका हुन्।

समाचार संस्था एपीका अनुसार आक्रमणकारी किशोर पनि मारिएका छन् । एक स्थानीय सर्वसाधारणले आक्रमणकारीको पिछा गर्दै विद्यालयभित्रै छिरेर उसमाथि गोली प्रहार गरेका थिए ।