२०७८ साल कार्तिक ७ गते अाईतबार

निफ्राले ८ प्रतिशत बोनस सेयर दिने

न्युजलय २५ असोज २०७८, सोमबार १२:०६ मा प्रकाशित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ ।

नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य  लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।

यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।