काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ‘ए’ विरुद्ध पहिलो एक दिवसीय खेल्दै छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछि खेल सुरु हुनेछ । तर काठमाडौं उपत्यकामा गएराति देखि नै मौसम खराब भएकाले समयमै खेल हुने सम्भावना भने कम रहेको छ ।
नेपाली टिम आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका सिरिज अघि अभ्यासका रुपमा जिम्बाबेसँग खेल्न लागेको हो ।
जिम्बावे टेस्ट नेशन्स देश रहे पनि उसको नयाँ टिम आएकाले यो सिरिज प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दा नेपाल दुवै खेलमा पराजित भएको थियो ।