विदेशीले मलद्वारमा लुकाएर ल्याए तीन किलो बढी सुन विमानस्थलबाट पक्राउ

न्युजलय १५ फाल्गुण २०८१, बिहिबार ०४:५५ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।

बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो ।

दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुषबाट उक्त परिमाणमा सुन फेला परेको हो।

प्रारम्भिक अनुसन्धानमा तस्करी समूहले उनीहरूलाई भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।