सुन्दरहरैँचा । लागूऔषधसहित एकजना फरार प्रतिवादीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०८०–१०–२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका तेह्रथुम लालिगुराँस नगरपालिका ९ घर भई सुन्दरहरैँचा नगरपालिका ४ मोरङमा कोठाभाडामा बस्दै आएका ४२ वर्षीय अमृतबहादुर भुजेललाई खोजतलासको क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६ सय रुयैँया र एक थान स्कुट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।