चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैंडा मृत अवस्थामा फेला परेका छन् ।
सौराहा नजिक रहेको निकुञ्जको भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो ।
निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्ती टोलीले मृत अवस्थामा बाघ फेला परेको हो । बाघ कालगतिले मरेको हुनसक्ने बताइएको छ। अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।
यसैगरी नवलपुरको अमलटारीस्थित लामीचौरमा गैंडा मरेको अवस्थामा फेला परेको हो । मंगलबार बिहान भाले गैंडा मृत अवस्थामा फेला परेको हो ।
गैंडा कालगतिले मरेको निकुञ्जले जानकारी दिएको छ । गैंडाको खाग, खुर सुरक्षित छ ।
मृत बाघ र गैंडाको पोष्टमार्टम गर्न लागिएको निकुञ्जले जनाएको छ।