ओरालो लाग्यो सुनको मूल्य

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ११:२४ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९७  हजार रुपैंया कायम भएको छ ।

यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।