घण्टी बजाउँदै इलाम २ मा रास्वपाले गर्‍यो उम्मेदवार सार्वजनिक

न्युजलय १७ चैत २०८०, शनिवार ०२:५४ मा प्रकाशित

इलाम । इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर आगामी वैशाख १५ गते हुने निर्वाचनका लागि उम्मेदवार सार्वजनिक गरेका हुन् । 


पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर ३ की सांसद तोशिमा कार्की, सांसद स्वर्णिम वाग्लेलगायतका वक्ताहरूले सम्बोधन गरेका छन् ।