२०७८ साल कार्तिक ७ गते अाईतबार

त्रीडण्दी देवनायक जियर श्वामीको निधन

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०७:०५ मा प्रकाशित
प्रकाशपुर । श्रीपती मन्दिर प्रकाशपुरको संरक्षक देवनायक जियर स्वामीको सोमबार राती मृत्यु भएको छ । 

८७ बर्षाय स्वामीको ५ महिना देखि दुबै मृगौलाले काम गर्न छाडेपछि हप्ताको दुई पट्क डाइलाइसिस गराउदै आएका थिए । देवनायक (हलधर आचार्य) श्री वैष्णव सम्प्रदायका श्री श्री १००८ त्रीडण्डी देवनायक जियर श्वामीले प्रकाशपुरमा पहिलो पटक सामाजिक पुराण लगाएर धार्मिक जागरण ल्याएको प्रकाशपुरका रामप्रकाश कोइरालाले बताए । 

देवनायक श्वामीजीको वैष्णव बिधिद्वारा आजै सप्तकोसी नदीको किनारमा थलसमाधी गरी अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा बिराटनगर पान्चाली मन्दिर, भूबराह चतरा मन्दिर लगायतका मन्दिरबाट धर्मगुरुहरु र अनुयायी हरुको उपस्थितिमा अन्त्येष्टि गरिएको छ । आफ्नै लगानीमा श्रीपती मन्दिर निर्माणको सुरुवात गरेका थिए । श्रीपती मन्दिरमा विष्णु भगवानको पूजा अर्चना गरिदै आएको छ ।