फेसबुक स्टाटसमा कमेन्ट गर्दा प्रधानाध्यापकले नीलडाम हुने गरी कुटे विद्यार्थी

न्युजलय २१ चैत २०८०, बुधबार ०२:३६ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। 

फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ। कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर विद्यालयबाट निकालिएको निर्जलाले बताइन् ।