सफ्ट टेनिसको पुरुषतर्फ प्रदेश १ लाई स्वर्ण

न्युजलय ३ कार्तिक २०७९, बिहिबार ०६:५१ मा प्रकाशित

पोखरा । सफ्ट टेनिसतर्फ पुरुष टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ ।

बिहीबार(आज) बिहान भएको फाइनलमा नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै प्रदेश १ ले स्वर्ण जितेको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।