सेयर बजारमा झिनो अंकको गिरावट

न्युजलय ४ साउन २०८०, बिहिबार ०९:२५ मा प्रकाशित

काठमाडौँ । बिहीबार(आज) नेप्से सूचकमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ । 

आज  २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।