इटहरी । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेय प्रथम भएकी छन्।
प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
प्रतियोगितामा धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता द्वितीय भएको छ ।
यस्तै, भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुवाको सिलाइ मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविताले तृतीय स्थान हासिल गरेको हो ।