विराटनगरलगायत पुर्वी शहरहरुमा आज राधाकृष्ण रथयात्रा, प्रदेशभर बिदा

न्युजलय ११ भदौ २०८१, मङ्गलबार ११:४० मा प्रकाशित

काठमाडौं । मोरङको विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुनेछ।


वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट सुरु भएकोमा अहिलेसम्म यो परम्पराका रुपमा निरन्तर छ । रथयात्रामा नेपाल तथा भारतबाट हजारौं भक्तजनहरु सहभागि हुन आउने गरेका छन् ।


आज नै सुनसरीको इनरुवा, इटहरी, मोरंगको सुन्दरहरैंचालगायतका क्षेत्रमा पनि रथयात्रा निकालिन लागिएको छ । साथै राधाकृष्ण मन्दिरहरुमा विशेष उत्सवको आयोजना गरिएको छ ।


कोशी प्रदेश सरकारले रथयात्राको लागि आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।