इटहरी । नशालु पदार्थको नशामा लठ्ठ भएर स्टेजमा चढ्ने र गीत गाउने बहानामा छाडा गाली भट्याउने जीबब प्रायः विवादित हुने गर्छन् । उनी सहभागि कार्यक्रममा कुनै न कुनै हर्कत गर्छन्, जसले गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिने गर्छ । अराजक प्रस्तुती दिने जीबबलाई मेला महोत्सव आयोजकहरु भने प्राथमिकतामा राखेर बोलाउँछन् ।
सुन्दरहरैचा ५ मा जारी बलिया महोत्सवमा सहभागि जीबबले त्यस्तै हर्कत देखाएका छन् ।
मिलिजुली परिवार नामक संस्थाले आयोजना गरेको महोत्सवमा जीबबले स्टेजमै चुरोट ताने । एउटा हातमा चुरोट र अर्को हातमा माइक समातेर उनले बारम्बार अश्लिल शब्द प्रयोग गर्दै नानाभाँती गाली गरे ।
उनको प्रस्तुती यति भद्धा र उच्छृंखल भयो कि प्रहरीले उनलाई स्टेजबाटै घोक्रेठ्याक लाएर निकाल्नुपर्यो ।
महोत्सवमा उच्छृंखल प्रस्तुती दिने कलाकारलाई बोलाउनु र समाजमा अपाच्य प्रस्तुती दिइरहँदा मुकदर्शक भएर हेरिरहनु आयोजकको समेत गल्ती भएको दर्शकहरुको भनाई छ ।