प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा इटहरीका शैलेश विष्ट

न्युजलय २४ चैत २०७८, बिहिबार ०१:३७ मा प्रकाशित

इटहरी । नेपाल राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष इटहरीका व्यवसायी शैलेश विष्ट एक नम्बर प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।


प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिक प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा विष्टलाई नियुक्त गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


विष्ट प्रदेशको सामाजिक विकास मन्त्री अध्यक्ष रहने खेलकुद विकास बोर्डको सदस्यमा मंगलबार नियुक्त भएका हुन् । शैलेशले नेतृत्व गरेको नेपाल राष्ट्रिय तेक्वान्दो संघ प्रदेश एकले हालै ललितपुरको सातदोवाटोमा भएको तेक्वान्दो प्रतियोगितामा गोल्ड सहित १४ मेडल प्राप्त गरेको थियो ।


प्रदेश सरकारको मंगलबार बसेको बैठकले अघिल्लो खेलकुद विकास बोर्डका पदाधिकारीलाई बिस्थापित गरी नयाँ पदाधिकारी चयन गरेको थियो ।