सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा १० स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ र ३२ वर्षीया महिलाको पहिचान खुलेको छैन ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । टिपर तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।