अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने

न्युजलय १५ भदौ २०७९, बुधबार ०९:१९ मा प्रकाशित

झापा । झापाको अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

अर्जुनधारा नगरपालिका–३ स्थित प्राकृतिक खेल मैदानमा संचालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब ले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ । 

फुटबल प्रतियोगिता आगामी असोज ९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने प्रतियोगिता मुल आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिइन् ।

जुनतारा महिला फुटबल क्लब सहआयोजक रहेको प्रतियोगितामा उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको टिम सहभागी हुने जानकारी दिइएको छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने छन् भने उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छन् ।