प्रि ओपन सेसनमा करिब २६ अंक बढ्यो नेप्से

न्युजलय २५ माघ २०७८, मङ्गलबार ११:१९ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २६ अंक बढेको छ।

सोमबार १५.७१ अंक बढेर २८५१.८८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २५.७० अंक बढेर २८७७.५८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७१ कम्पनीको २ करोड ७ लाख ९४ हजार ८६९.८ रुपैयाँ बराबरको ४१ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ।