प्रतिनिधि सभाको बैठक कात्तिक ९ सम्मलाई स्थगित

न्युजलय २५ असोज २०७८, सोमबार ०३:३९ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। 

सोमबार(आज) को बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले दशैं लगायतका चाडपर्वको शुभकामना दिँदै बैठक स्थगित गरेका हुन्।

एमालेका सांसदहरुले  बैठक नाराबाजी गरेका थिए। सभामुखले प्रतिनिधि सभालाई सुव्यवस्थित ढंगले सञ्चालनको लागि सहयोग गर्न आग्रह गरेका थिए। तर एमालेका सांसदहरुले नाराबाजी कायमै राखेका थिए।