विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी तीव्र

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०७:०० मा प्रकाशित

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकप हुँदैछ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । 

गत माघ २९ गते बसेको ट्रष्टको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएर काम भइरहेको बताइएको छ ।

गोल्डकपमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो स्पोर्टस क्लब रानी मिल्स एरिया विराटनगर रहेका छन् ।