नेप्से ५८ अङ्कले बढ्यो

न्युजलय ७ असोज २०८२, मङ्गलबार ०३:४७ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ६३ अङ्कले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ८ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । 

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।