कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक

न्युजलय २८ माघ २०७८, शुक्रबार ०७:२२ मा प्रकाशित

काठमाडौं । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’का आमा विमला घिमिरेको निधन भएको छ । उनको उपचारको क्रमम शुक्रबार(आज) बिहान ग्रीनसिटी अस्पतालमा निधन भएको हो ।

६८ वर्षिया विमलाको ९ महिना अघिको मस्तिस्क घात भएको र अप्रेशन गरिएको थियो । अप्रेशन पछि विमला अचेत अवस्थामा रहेकी थिइन् ।

विमलाको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।