काठमाडौं । श्रीलंकाली मूलका पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।
क्यानसम्बन्धित एक स्रोतले पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरिसकेको र उनको नियुक्तिको जानकारी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) लाईसमेत आज पठाइसकेको बतायो ।
यसअघि पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
नेपाली टोलीको प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको थियो। तीमध्येबाट क्यानले १५ जनाको सूची बनाएको र १५ जनाबाट पनि ५ जनाको अन्तर्वार्ता लिएको थियो।
क्यानको प्राथमिकतामा भारतका मोन्टी देसाई र पुबुदु थिए।