बढ्यो सुनको भाउ

न्युजलय २ पुस २०७८, शुक्रबार ११:३६ मा प्रकाशित

 काठमाडौं । शुक्रबार (आज) सुनचाँदीको मूल्य बढेको छ। 

छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९२ हजार ५ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।