घट्यो पेट्रोलियम पदार्थको मूल्य

न्युजलय १८ असार २०८०, सोमबार ०८:५२ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल तथा डिजेल र मट्टितेलमा क्रमशः ७.५, ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।


साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।


यससँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइनेछ । यस्तै डिजेल र मट्टीतेल १४७.५ देखि १५० रुपैयामा पाइनेछ । विभिन्न ठाउँअनुसार पेट्रोलको खुद्रा मुल्य बढीमा १७० र डिजेल तथा मट्टितेलको १५० कायम हुनेछ ।