आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

न्युजलय ६ असार २०८०, बुधबार ०८:२७ मा प्रकाशित

काठमाण्डौ । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबैभन्दा लामो दिन भनिएको हो । 

जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् ।