जन्मदिन पारेर रचना रिमालले ल्याइन् तीज गीत

न्युजलय २९ साउन २०८०, सोमबार १२:०७ मा प्रकाशित

काठमाडौँ । गायिका रचना रिमालले जन्मदिनको अवसर पारेर तीज गीत सार्वजनिक गरेकी छिन् ।

‘तीजको सम्झना’बोलको गीतमा रचनाको एकल स्वर छ । दीपक शर्माको शब्द एवं संगीत रहेको गीतलाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् । 

यो गीतको भिडियो रचना स्वयंमले नृत्य गरेकी छिन् । उनले आफ्नी बहिनी पूर्णिमा रिमाललाई समेत यस गीतको भिडियोमा नृत्य गराएकी छिन् । साथै, अनुपा विष्टलगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ । 

विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले कलर एवं सम्पादन गरेका हुन् । यो गीत रचनाको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।