नुहाउने क्रममा कोसीमा डुबेर युवतीको मृत्यु

न्युजलय २९ असोज २०७८, शुक्रबार १२:५३ मा प्रकाशित

सप्तरी । नुहाउने क्रममा कोसीमा डुबेर सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १८ वर्षीया प्र्रियंकाकुमारी देवको मृत्युृ भएको छ । सप्तरी प्रहरीका अनुसार बिहीबार ३ बजेको समयमा कोसीमा नुहाउने क्रममा देव डुबेकी थिइन्। 

उनलाई स्थानीयले देखेपछि नदीबाट निकालेर उपचारका लागि राजविराजमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।