काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.४३ अंकले बढेर बन्द भएको छ । ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६७६.०३ अंकमा उक्लिएको छ ।
आज ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार ८ सय ७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १ सय ४३।४७ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतल बढी नाफा कमाएका छन् ।