लागूऔषधसहित पाँच जना पक्राउ

न्युजलय १६ साउन २०८१, बुधबार १२:४१ मा प्रकाशित

विराटनगर । मोरङ र झापाबाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन्।

मोरङ, विराटनगर महानगरपालिका १७ मटेरूवाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका ३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस्तै झापा गाउँपालिका १ सालमाराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका १२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन्। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।