कस्तुरी कलेजले मनायो २५ औं वार्षिकोत्सव

न्युजलय २६ माघ २०८०, शुक्रबार ०८:०० मा प्रकाशित

इटहरी । शुक्रबार कस्तुरी कलेज इटहरीले आफ्नो २५ औ वार्षिकोत्सव मनाएको छ । 


पू्र्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित कार्यक्रम गरेको हो ।


कस्तूरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने तथा आन्तरीक खेलकुद प्रतियोगितामा विजय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


यस्तै कार्यक्रममा स्थापनाकालका विद्यार्थीहरूलाई का साथै कलेजमा १५ वर्ष सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा भुपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममाथि प्रकाश डा. केदारप्रसाद पौडेलले गरेका थिए ।